

दार्चुला – दार्चुलामा जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोला बस्ने ५५ वर्षीया कालीदेवी नेगीको दुर्घटनामा परी ज्यान गएको हो । दुर्घटनामा गमभीर घाइते भएकी उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।



दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिए । जिपमा चालक सहित १० जना सवार रहेको प्रहरीको भनाइ रहेको छ ।


मङ्गलवार बिहान मधेस प्रदेश ०३–००१ ज ०३४० नम्बरको जीप महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा खसेको थियो ।
ब्याक गर्ने क्रममा जिप सडक बाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालक दार्चुलाको महाकाली नगरपालिका वडा नं. २ बस्ने ४३ वर्षिय मोहन लोथ्याल लाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले नियन्त्रणमा लिएको जनाएको छ ।





