धनगढी– कैलालीमा कान्द्रा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका-११ सिसैया गाउँस्थीत कान्द्रा नदिमा माछा मार्ने क्रममा डुबेर दैलेखको भगवती माई गाउँपालिका ४ का २२ वर्षीय अमर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार शनिवार साथीसँग कान्द्रा नदिमा माछा मार्न गएका बेला उनी बेपत्ता भएका थिए ।


आइतबार प्रहरीलाई खबर भएपछि अत्तरियाबाट गएको गोताखोर टोलीले खोजी गर्दा मृत भेटिएको उनले बताए । सँगै माछा मार्न गएका अन्य ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार थापाको शवलाई पाष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको बताइएको छ । उनी पहलमानपुर लालबोझी सडक खण्डमा मिक्स्चर चलाउने काम गर्दे आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताइएको छ ।





