


प्रकाश बहादुर बोहरा
अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले गौशालाको निरीक्षण गरेका छन् । नगरपालिकाले वडा नं. ४ मा संचालनमा रहेको ग्वाँसी समैजी गौशालाको मंगलबार नगर प्रमुख ओझाले निरीक्षण गरेका हुन् ।



प्रर्याप्त चरिचरन क्षेत्र भएको र बस्तिबाट केही टाढा भएकोले यस गौशालालाई नमुना गौशालाको रूपमा अगाडि बढाउने नगरप्रमुख ओझाले बताएका छन् । साथमा वडा न ४ र ८ का अध्यक्ष लगायत ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिका पदाधिकारी समेत रहेका थिए ।


गत कार्तिकमा लक्ष्मीपुजाको शुभदिनको अवसर पारी नगरप्रमुख ओझाले वडा न ४ लगायत वडा न २, ५ र १ मा पनि छाडा पशु चौपाया व्यवस्थापन कार्यको शुभारम्भ गरिएको थियो । अहिले कृष्णपुरमा छाडा पशु चौपायाको धेरैहदसम्म व्यवस्थापन भएको छ । यस्तो किसिमको पवित्र कार्यमा सहयोग गर्नुहुने सम्पुणर् नगरबासीहरुमा नगर प्रमुख ओझाले धन्यवाद व्यक्त समेत गरेका थिए ।





