
डडेलधुरा- डडेलधुराको परशुराम नगरपालिकाले स्वास्थ्य सेवा सम्बन्धी विभिन्न निर्णय गरेको छ । मंगलबार बसेको नगरपालिकाको बैठकले जोगबुढा अस्पतालमा ओपीडी टिकट निःशुल्क दिने निर्णय गरेको मेयर भरत बडायर जोशीले बताए ।



यसका साथै जोगबुढा अस्पतालमा पहिलो पटक दन्त सेवा सुरु भएको उनले बताए । मेयर जोशीका अनुसार नगरपालिकाले अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्ने निर्णय भएको छ । डेलिभरी केस रिफरका लागि अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको व्यवस्थापन समुदायले गरेको छ ।




