डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा जीप दुर्घटना भएको छ । महेन्द्रनगरबाट रुपालतर्फ जादैं गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा १ जनाको मृत्यु भएको छ । म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले दुर्घटनामा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको बताए । अन्य केही यात्रु घाइते भएका छन् । भट्टले जीप सडकमै पल्टिएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

जीपमा चालकसहित ११ जना यात्रु सवार थिए । सडकमा ब्याक गर्ने क्रममा जीप दुर्घटना भएको बताइएको छ । दुर्घटना परशुराम नगरपालिकाको मट्यौलामा भएको हो ।

Loading...