धनगढी– विपद जोखिम न्युनीकरणका लागि तीन तहकै सरकार एक ठाउँमा उभिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आइतबार धनगढीमा भएको प्रादेशिक मानवीय सहायता र आकस्मिक कार्ययोजना कार्यशालामा सहभागी सरोकारवालाहरुले यस कुरामा जोड दिएका हुन् ।


कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले कुनै एक तहले चाहेर मात्रै विवद जोखिम न्युनीकरण गर्न नसकिने बताए । उनले विपद जोखिम न्युनीकरणका लागि तीन वटै तहका सरकार एकजुट भएर लाग्नुपर्ने धारणा राखे । उनले धनगढीले उपमहानगरपालिका पनि विपद जोखिम न्यूनिकरणका लागि जुटिरहेको बताए ।


यस्तै कार्यक्रममा संयुक्त राष्ट्रसंघिय प्रदेश समन्वय सम्पर्क निकाय प्रमुख बैजन्ती गिरी सिँहले विपद जोखीम न्युनिकरण गर्न एक्लले नसकिने भएकाले तिनै वटै सरकारको समन्वय नभएसम्म विपदका लागी पुर्व तयारी, सुरक्षा योजना बनाउन नतसक्ने बताइन् ।
सुदुरपश्चिमा बिगत केही महिनामा भुकम्प लगायत अन्य विपदमा समयमै खोज उद्धार, उपचार तथा राहात दिन राम्रोसँग समन्वय नभएको बताइन् । यदि ठुलो जोखीम सहितको बिपद भएमा त्यसको तयारी र थप कलस्टरमा काम गर्नुपर्ने र समन्वयकारी भुमिका लाई निर्वाह गर्नुपर्नेमा जोड दिइन् । आन्तरिक मामिला मन्त्रालयका उपसचिव विश्वदिप बेश्राले प्रदेश सरकारले विपदसम्बन्धी योजना र प्रतिकार्य योजना बनाएर कार्यान्वयन गरिरहेको बताउँदै विपद ब्यवस्थापनका लागी स्थानिय प्रदेश तथा केन्द्र सरकार बिच समन्वय र सहकार्यको आवश्यकता रहेको बताए ।

बिगत समयमा भएका बिपदका बेला तिन वटै सरकार र सरोकारबाला निकायबिच समन्वयकारी भुमिका नदेखीएकोमा यो दुबिधा हटाउन कार्यक्रम सहयोग पुग्ने बताए । बिपदका बेला गरिने आवश्यक सुरक्षा योजना र दस्ताबेजलाई एक रुपता दिई आवश्यक कार्ययोजना बनाउनुपर्ने आवस्यक रहेको उनले बताए ।
यस्तै कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले सबैले आ आफनो जिम्मामा विपद न्युुनिकरणका लागी लाग्नुपर्ने बताएका छन् । बिगतमा भोगेका विपद जन्य घटनाको शिक्षा, जानकारी जोखीमलाई मध्यनजर राखेर अब हुन सक्ने क्षतीलाई कम गर्न सकिने गरी कार्ययोजना बनाउन जोड दिएका छन् । आन्तरिक मन्त्रालयका सचिव कमलराज ढकालले सुदूरपश्चिम विपदको दृष्टिकोणले अत्यन्तै जोखिम मानिएको बताए ।
प्रदेशमा आइलाग्ने विपद सम्बन्धी प्रदेश सरकारले ५ वटा कलस्टर बनाएर अगाडि बढिरहेको उनले जानकारी दिए । उनले अगामी दिनमा स्थानीय तहहरुसँग पनि समन्वय-सहकार्य गरेर विपद सम्बन्धी काम गर्ने प्रदेश सरकारको योजना रहेको बताए ।
सुदुरपश्चिममा भुकम्प लगायत विपदजन्य घटना ठुलो हुने भन्दै सजग रहन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब ढकालले बताए । सुदूरपश्चिम विगत लामो समय देखि भूकम्प नगएको र भूकम्पकोले बेलैमा शतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले भुकम्प पटक पटक गइरहेको ठुलो बिस्पोट खतरा समेत रहने भएकाले यस्को सजग र कार्ययोजना बनाई समयमै विपद ब्यवस्थापनमा लाग्नुपर्ने जोड दिए । भुकम्पीय प्रकोप र जोखीम आँकलन गरी साइस्किम माइक्रोजोनेसन गरी परिदृश्यमा आधारित कुल क्षती र नोक्सानी आँकलन गर्ने योजना बनाउनुपर्ने सुझाब दिएका छन् ।
यस्तै भुकम्पीय जोखीम न्युनीकरणका लागी अल्पकालीन, मध्यकालिन र दीर्घकालीन कार्ययोजना बनाउने, प्रादेशिक तथा स्थानिय तहमा ढाँचा तयार गर्ने रणनिती लिनुपर्ने र स्थानिय तहमा सबै बर्ग, क्षेत्रलाई समेटेर विपद जोखीम न्युनिकरणका लागी ऐन निती रणनितीक योजना तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मन्त्रालयका सचिव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहागनरपालिकाका प्रमुख हमाल प्रमुख अतिथी रहेका थिए ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा (सुपर) परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका,युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ, यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सात वटै मन्त्रालयका सचिवहरु, कैलाली-कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु, धनगढी उपमहनानगरपालिका वडाध्यक्षहरु, विभिन्न संघ-संस्थाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।





