

अत्तरिया- कृष्णपुर नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । नगरपालिकाले नागरिक संग मेयर कार्यक्रम अन्तर्गत रैकवार बिचवा स्वास्थ्य चौकी बिचवामा स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो । वडा नं.७, ८ र ९ का वडा बासीलाई स्वास्थ्य शिविर लिन सजिलोको लागि उक्त स्वास्थ्य चौकीमा शिविर संचालन गर्न लागेको हो । स्वास्थ्य शिविर यहि फागुन १३ गते शनिबार बिहान १० बजेदेखि संचालन हुने भएको छ ।



कृष्णपुर नगरपालिकाको आयोजना तथा श्री के.जी. अस्पताल धनगढी कैलालीको प्राबिधिक सहयोगमा स्वास्थ्य शिबिर हुने नगरपालिकाले सार्वजनिक सुचना माफत जानकारी गराएको छ ।


स्वास्थ्य शिविरमा जनरल मेडिसिन फिजिसियनद्वारा चेक जाँच सेवा, हाडजोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच सेवा, स्त्री तथा प्रसुती रोग सम्बन्धी चेकजाँच सेवा, सर्जरी सम्बन्धी सेवा, दन्तरोग सम्बन्धी चेक जाँच सेवा, निःशुल्क औषधी वितरण, निःशुल्क हाइड्रोसिलको शल्यक्रिया सम्बन्धी चेकजाँच हुने जनाइएको छ ।
