छचोडामा पानी अभाव

डडेल्धुरा- करिब अढाई सय घरधुरी रहेको छचोडा गाउँमा खानेपानीको चरम अभाव छ। चार वर्षपहिले सो गाउँमा नयाँ धारा बनेका थिए। तर, धारामा पानी सञ्चालन नै भएन। अहिले धारा नै जीर्ण बनेका छन्। अमरगढी नगरपालिका–६ को छचोडा गाउँ नगरपालिकाकै सबैभन्दा ठूलो गाउँ हो। ठूलो दलित बस्ती रहेको गाउँमा खानेपानीको सधैँ अभाव छ। २०७६ सालमा अमरगढी नगरपालिकाको करिब पाँच लाख रुपियाँ लागतमा गाउँमा १० वटा धारा बनाइएको थियो।

Ganyapdhura gau

२०४८ सालमा निर्माण गरिएको खानेपानीको लाइन ट्याङ्कीहरू पनि मर्मत गरेर पानी सञ्चालन गरिएको पूर्ववडाध्यक्ष गोविन्दराज भट्टले जानकारी दिए । स्थानीयले आफूलाई पायक पर्ने ठाउँमा पाइप काट्ने गरेपछि धारामा निरन्तर पानी सञ्चालन हुन नसकेको उनको भनाइ छ। करिब छ किलोमिटर टाढाबाट ६३ एमएमको पाइप बिछाई छचोडा गाउँमा पानी पु(याइएको भए पनि धारामा पानी सञ्चालन गर्न स्थानीय आफैँले अवरोध गर्ने गरेको उनले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पानीको मुहान टाढा भएकाले ठाउँठाउँमा स्थानीयले पाइप काट्दा धारामा पानी सञ्चालन हुन नसकेको वडाध्यक्ष केबी ताम्राकारको भनाइ छ। दुमडा, सिमल, भोजनेउटा गाउँ हुँदै पानीको पाइपलाइन छचोडा गाउँ पुगेको छ। उनले भने, ‘कहिले दुमडा, कहिले, सिमल र कहिले भजनेउटा गाउँवासीले पाइपलाइन काटिदिँदा धारामा पानी सञ्चालन हुन नसकेको र छचोडा गाउँवासीले समस्या भोग्नुपरेको छ।’ खानेपानीको व्यवस्थापनका लागि आवश्यक बजेटको माग गरे पनि कहीँकतैबाट व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।

छचोडा गाउँवासी नाउलाबाट खानेपानीको जोहो गर्दै आइरहेका छन्। नाउलामा पनि पर्याप्त पानी नहुँदा समस्या हुने गरेको स्थानीयको भनाइ छ। नाउलानजिकका घरमा पानी भर्न केही सहज भए पनि गाउँमा टाढाका घरमा आधा घण्टासम्म पानी बोकेर लैजानु पर्ने बाध्यता स्थानीयको छ। नाउलामा पर्याप्त पानी नहदा घरको एक जनाको काम दिनभर पानी भर्न नै ठिक्क हुने स्थानीय जयन्ती ताम्राकारले बताए । खानलाई धौधौ गरी पानी पु(याए पनि लत्ताकपडा धुन, सरसफाइ गर्न समस्या हुने गरेको उनको भनाइ छ।

चुनावका बेला खानेपानीको व्यवस्था गर्ने, घरघरमै धारा बनाउने आश्वासन पार्टीका उम्मेदवारले दिए पनि चुनाव सकिएपछि खानेपानीको समस्या समाधान हुन नसकेको उनको गुनासो छ। नाउलामा समेत पानी सुक्न थालेपछि स्थानीय नाउलाभित्रै पसेर पानीको जोहो गर्नुपर्ने बाध्यता छ। नाउलाभित्रै पसेर पानीको जोहो गर्दा भएको पानी पनि दूषित हुन पुग्छ। छचोडा गाउँवासी दूषित पानी पिउन बाध्य भएको स्थानीय भीमबहादुर ताम्राकारले बताए । गोरखापत्रबाट

Couple
Loading...