शिवशिखर सहकारीविरुद्ध आन्दोलन

डडेल्धुरा- बचतकर्ताको रकम फिर्ता नदिएपछि शिवशिखर बहुउद्देश्य सहकारी संस्थाविरुद्ध नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) डडेल्धुरा आन्दोलनमा उत्रिएको छ । डडेल्धुराका बचककर्ताबाट ४० करोड रुपियाँभन्दा बढी रकम सङ्कलन गरी दुई करोड रुपियाँ लगानी गरेको सो सहकारी संस्थाले बचत रकम फिर्ता गर्नै छोडेपछि नेविसङ्घ आन्दोलनमा उत्रिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

बुधबार हातहातमा प्लेकार्ड बोकेर नेपाल विद्यार्थी सङ्घ डडेल्धुराले जिल्ला सदरमुकामस्थित बागबजारमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता जगत ऐरले समाजमा व्याप्त विकृतिविरुद्ध नेपाल विद्यार्थी सङ्घ सधैँ सक्रिय भएर लाग्दै आएको बताए ।

Navadurga sun
Godawari sandesh

नेपाल विद्यार्थी सङ्घ डडेल्धुराका अध्यक्ष पवन ऐरले १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको ग्यारेन्टी गर्न आग्रह गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएको बताउँदै त्यसको बेवास्ता भएको बताए । डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेका नागरिकले जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसङ्घ डडेल्धुराले यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

 

Couple
Loading...