धनगढी-अत्तरिया ६ लेन सडक झिलिमिली

धनगढी- मोहनापुल-अत्तरिया ६ लेन सडक झिलिमिली भएको छ । धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो ।

धनगढी-अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधवार साँझ सुदूपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम भएको हो । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले विकास निर्माणमा साझेदारी गर्न तयार रहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ६ लेन सडकमा पहिलो चरणको स्मार्ट सडक बत्ती जडान गर्ने काम पूरा गरेको हो । धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने बाटोसम्म स्मार्ट सडक बत्तीले झिलिमिली भएको नगरप्रमुख गोपाल हमालले बताए ।

Dadeldhura hospital

६ लेन सडक क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो । पहिलो चरणमा २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको छ । स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको काम अन्तर्गत ६ लेन सडकमा हाईमास्ट लाइट जडानको काम गरिरहेको छ । भन्सारदेखि गेटासम्म १० वटा हाईमास्ट लाइट जडान गर्न उपमहानगर एक्लैले खर्च व्यहोर्ने छ । त्यसैगरी तेस्रो चरण अन्तर्गत भन्सारदेखि चौराहा र मोहनपुरदेखि गेटासम्म स्मार्ट सडक बत्ती जडान गर्न बोलपत्र आह्वान भइसकेको धनगढी उप-महानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताएका छन् ।

उपमहानगरपालिकाले धनगढी-अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब ९ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको कामसँगै मेडियनलाई हरियाली बनाउने काम समेत गरिरहेको छ । सडक हरियाली बनाउन उपमहानगरले तीन ओटा संस्थासँग साझेदारी गरेको छ ।

गेटादेखि विमानस्थलसम्म विरुवा रोप्न र फेन्सिङ गर्न सूर्य नेपालले ५० लाख सहयोग गरेको छ भने चौराहादेखि भन्सारसम्म विरुवा रोप्न जाउलाखेल ग्रुप अफ कम्पनीले सहयोग गरेको हो । चौराहादेखि मोहनपुरसम्म विरुवा लागउन र फेन्सिङ गर्न नगर विकास कोष र उपमहानगरले साझेदारी गरेको नगरप्रमुख हमालले बताए ।

दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने छ ।

Loading...