‘जोरायल दर्पण’ लोकार्पण तथा विविध सम्मान कार्यक्रम सम्पन्न

डोटी, ९ फागुन । डोटीको जोरायलमा ‘जोरायल दर्पण’ लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जोरायल गाउँपालिकाको प्रवर्धनमा सु.प.बहुउद्देश्यीय मञ्च एवम् सुदूरचिनारी डोटेली पत्रिका, कैलालीद्वारा संयुक्तरुपमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

कैलालीमा दर्ता भई स्थानीय भाषा,कला, रहन-सहन र संस्कृतिको संरक्षण/सम्वर्धनमा विगत १२ बर्षदेखि काम गर्दै आइरहेको सुदूरचिनारी डोटेली द्वैमासिक पत्रिका तथा कैलालीमा दर्ता भई समग्र सुदूरपश्चिमको भाषा, कला, मौलिकता र संस्कृति संरक्षणको क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च कैलालीले संयुक्तरुपमा आज ‘जोरायल दर्पण’ गाउँपालिका विशेषाङ्कको लोकार्पण गर्नुका साथै तीनवटा फरक-फरक विधाका पुरस्कारहरु समेत वितरण वितरण गरेको छ ।

Navadurga sun

बहुउद्देश्यीय मञ्चले विगत नौ वर्षदेखि वितरण गर्दै आएको परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार-२०७९ यस वर्ष सुदूरपश्चिम प्रदेशका सु-प्रसिद्ध डेउडा गायक राजाराम भाटलाई, हेममल्ल स्मृति आम सञ्चार पुरस्कार-२०७९ सु.प.क्षेत्रका वरिष्ठ साहित्यकार खगराज पाठकलाई प्रदान गरेको छ ।

त्यस्तै डण्डीराज भागिरथी समाजसेवा पुरस्कार-२०७९ जोरायल स्थित श्री घण्टेश्वर मा. वि.का प्रधानाध्यापक सुनलाल थापा लाई प्रदान गरेको छ भने, डण्डीराज भागिरथी आदर्श सम्मान डोटीका पूर्व सांसद यज्ञराज पाठकलाई प्रदान गरेकोे छ । सबै पुरस्कारहरु राशी ११ हजार १ सय ११ नगद धनराशी, दोसल्ला तथा सम्मानपत्र सहित रहेको छ ।

परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार यस अघि सुप्रसिद्ध ड्यौडा गायकहरु क्रमशः महाशंकर देवकोटा, नन्दकृष्ण जोशी, नरेन्द्रराज रेग्मी, यज्ञराज उपाध्याय, डिक्रादेवी गाइने, भोजराज भट्ट र अनन्तराम विष्टलाई प्रदान गरिएको थियो भने कार्यक्रमको सभापतित्व जोरायल दर्पणका प्रधान सम्पादक समेत रहनु भएका सुदूरचिनारी डोटेली पत्रिकाका सम्पादक एवम् कार्यक्रम संयोजक निर्मलकुमार भण्डारी तथा प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय देवराज जोशी रहेका थिए । त्यसै गरि विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उप-कुलपति डा. टी.एन. जोशी, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा तथा डोटीका पूर्व सांसद यज्ञराज पाठक रहेका थिए ।

ADD Khali jpg
Loading...