महोत्सवमा युवाहरुले गरे सरसफाई, समाजप्रति उत्तरदायि बन्दै डडेल्धुराका दिपक

डडेल्धुरा- डडेल्धुरा महोत्सवमा युवाहरुले सरसफाई कार्यक्रम गरेका छन् । पछिल्लो समयमा युवाहरुमा भाईरल हुने प्रवृती रहेता पनि युवाहरुले यो उदारणीय काम गरेका दर्शक राम दत्त जोशीले खुशी व्यक्त समेत गरेका छन् । टुडिखेलमा ४ गते देखि जारी रहेको महोत्सव १४ गतेसम्म चल्नेछ । सोमबार युवाहरुले दिपक राज भट्टको नेतृत्वमा मञ्च वरिपरि सफाई गरेका छन् भने अस्थायी डस्टविन समेत राखेका छन् ।

फोहर मलाईमा फोहर राखेर सभ्य नागरिकको परिचय दिनुहोला यसले नै हाम्रो व्यवहार र सभ्यता झल्काउने अभियानता दिपेन्द्र ओझा भने । कार्यक्रममा नेविसंघ, बोलन्याथली, युवा मञ्च डडेल्धुराका सदस्यहरु सहभागी रहेका थिए ।

Navadurga sun

भट्ट भन्छन् म भन्दा पनि यो हाम्रो, हामी सबैको अभियान बन्नु पर्छ । हामीले आफ्नो परिचय दिने भनेकै यस्ता गतिविधिहरुबाट हो। हामी यो अभियानलाई निरन्तरता दिने छौ यो अभीयानमा आम नागरिकले साथ दिनुहुनेछ भन्नेमा आशावादी रहेको बताए ।

ADD Khali jpg
Loading...