बाढीले बाली पुरिएपछि माछापालन

डडेलधुरा- डेढ दशकअघि रंगुन खोलाको बाढीले धान फल्ने फाँट बगरमा परिणत भयो । खेतभरि ग्राभेल भरिएर खनजोत गर्नै नसकिने भयो । अग्लो खेत बगाएर सिमसारमा परिणत भयो ।

Ganyapdhura gau

डडेलधुराको परशुराम नगरपालिका–६ ठण्डाजालाका केही किसानले अहिले त्यहि बगर भएको जमिनमा माछा पालन सुरु गरेका छन् । किसानले हाल सिमसार बनेको जमिनमा पोखरी निर्माण गरेर माछा पालन सुरु गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘बाढीले जमिन बगाएर बगर भयो, धान गहुँ लाउनै मिल्दैन,’ ठण्डाजालाका कर्णबहादुर साउदले भने, ‘अहिले माछा पालन सुरु गरेका छौं ।’ उनले एउटा पोखरी निर्माण गरेका छन् । त्यसमा १ हजार माछाका भुरा हालेका छन् ।

असारमा हालेका भुरा अहिले एक किलोग्राम आसपास पुगेका छन् । साउदले माछा बिक्री पनि सुरु गरिसकेका छन् । त्यहि माछा बिक्री गरेर घर खर्च चलाउन सजिलो भएको उनले बताए । प्रतिकिलो ४र५ सयमा बिक्री भइरहेको उनले बताए ।

ठण्डाजालाकै कृष्णबहादुर साउदले पनि गत वर्षदेखि माछा पाल्न थालेका छन् । यसबाट घर खर्च चलाउन सजिलो भएको उनी बताउँछन् । रंगुन खोलाको बाढीले आधा बिघा जमिन बगर भएको जमिनमा माछा पाल्न थालेको उनी बताउँछन् ।

अहिले माछा पालन सुरु गरेका उनले घर खर्च चलाउन केही राहात हुने आशा गरेका छन् । ८ महिनाअघि हालेका भुरा अहिले एक किलोग्राम वजनसम्म भएका छन् । ठण्डाजालाका ६ परिवारले माछा पालन गरिरहेका छन् । उनीहरूले खेर गएको जमिनको सदुपयोगसँंगै स्वरोजगार हुने उपाय खोजेका हुन् ।

 

Couple
Loading...