डोटीको बोगटानमा पहिलो पटक बस पुग्यो

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । गाउँपालिकाको वडा नम्बर १ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको हो । वडा अध्यक्ष खेम घर्तिमगरका अनुसार कैलालीको धनगढीबाट छुटेको बस गएराति छिडिखान पुगेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

पहिलो पटक बस पुगेपछि दंग परेका स्थानियबासिन्दाले चालक र सहचालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् । सहजपुर, बोगटान, दिपायल सडक खण्ड अन्तर्गत बागछेडादेखि छिडिखानसम्मको सडक सरसफाइ तथा मोड सुधार गरिएपछि परीक्षणका लागि पहिलो पटक सार्वजनिक बस छिडिखान पुर्‍याइएको हो ।

Navadurga sun
Godawari sandesh

बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको संयुक्त सहकार्यमा केही दिन पहिले सडक सरसफाइ र मोड चौडा बनाउने कार्य गरिएको थियो । नियमित बस सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।

उनले भने, ‘निमियत बस सञ्चालनका लागि पहल हुँदैछ, हामी छिट्टै नै गाउँपालिका केन्द्र चवराचौतारासम्म बस पुर्‍याउने योजनामा छौँ ।’ यो क्षेत्रमा बस सेवा सञ्चालनमा आए त्यहाँका नागरिकले महँगो गाडी भाडा तिरेर जीपमा कष्टकर यात्रा गर्नु पर्ने बाध्यताको अन्त्य हुने समाजसेवी दीलबहादुर बमले बताए ।

 

Couple
Loading...