कैलालीको धनगढी उपमहानगरपालिकाले खरिद गर्‍यो सरसफाई गाडी

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले सरसफाई गाडी खरिद गरेको छ । उपमहानगरपालिकाले नगर सरसफाई प्रयोजनका लागि ‘गार्बेक कम्प्याक्टर’ नामक सरसफाई गाडी खरिद गरेको हो ।

साथै पालिकाले एक ट्याक्टर र ट्रलीपनि खरिद गरेको छ । सरसफाई गाडी ७५ लाख र ट्याक्टर, ट्रली १२ लाख १ हजार लागतमा खरिद गरेको उपमहानगरले जनाएको छ । सरसफाई गाडी र ट्याक्टर कार्यालयमा ल्याईसकेको र ट्रली एक हप्ता भित्र पुग्ने जनाइएको छ ।

Loading...