डोटीमा १०४ जना फरार अपराधीको सूचीमा

डोटी- डोटी जिल्ला साविकको भूमिराजमाण्डौं पञ्चायतका गंगा बलायरले एक व्यक्तिलाई कर्तव्य गरि ज्यान मारेको भन्दै उनीविरुद्ध २०३७ साल असोज २७ गते मुद्दा दर्ता भयो । सो मुद्दामा जिल्ला अदालत डोटीले २०४६ साल माघ २९ गते बलायरलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनायो ।

Ganyapdhura gau

अदालतले फैसला सुनाएको ३२ वर्ष पुग्दासम्म पनि गंगा बलायरले उक्त कैद सजाय भुक्तान गरेका छैनन् । उनी जाहेरी परेदेखिनै फरार रहेको अदालतको तहसिल शाखाले जानकारी दिएको छ । गंगा मात्रै होइनन्, अदालतले दोषी ठहर गरेका १०४ जना फरार रहेको निमित्त तहसिलदार लवबहादुर थापा बताउँछन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जबरजस्ती करणीको मुद्धामा दोषी ठहारिएका १३ जना फरार सूचीमा छन् । यस्तै कर्तव्य ज्यान मुद्दाका १३, विभिन्न प्रकारका चोरी मुद्दाका ११, बहुविवाह मुद्दाका ९ र सवारी ज्यान मुद्दाका ९ अपराधी फरार सूचीमा छन् । तहसिल शाखाले दिएको सूचना अनुसार सरकारी लिखत कृत्य गरेको मुद्दाका ८, वन पैदावार तथा काठको मुद्दाका ६, अप्राकृतिक मैथुन मुद्दाका ४, बैङ्कङि कसुरका ४, बालविवाहका ४, ज्यान मार्ने उद्योगका ३, जातीय छुवाछुतका ३ र भ्रष्टाचार मुद्दाका २ दोषी फरार रहेका छन् ।

यस्तै, अमानवीय व्यवहार, अवैध हातहतियार, नेपाली नागरिकता कृत्य, पशुपन्छीसम्बन्धी कसुर, हाडनाता करणी, जबरजस्ती करणी उद्योग, लागुऔषध (चरेस) र, जबरजस्ती करणीसँगै रहजनी चारी मुद्दामा अदालतले दोषी ठहर गरेका एकरएक जना पनि फरार सूचीमा छन् ।

यस्तै, मानव बेचबिखन, गर्भपतन, र वैदेशिक रोजगार कसुरका १र१ जना दोषी पनि फरार रहेका छन् । फरार सूचीमा रहेका अपराधीहरूको खोजी गरि सजाय भुक्तानका लागि प्रहरीलाई पत्राचार गरिसकिएको निमित्त तहसिलदार थापा बताउँछन् । ‘फरार अपराधीहरुको सूची प्रहरीलाई पठाइसकिएको छ,’ थापा भन्छन्, ‘उनीहरू जुनसुकै बेला पनि समातिन् सक्छन् ।’

Couple
Loading...