विवाह गर्न स्वीकृति अनिवार्य

मङ्गलसेन- कमलबजार नगरपालिका–५ का बासिन्दाले छोराछोरीको विवाह गर्नुपरेमा वडामा जन्मदर्ता पेस गरी उमेर पुगेको स्वीकृति लिनुपर्ने भएको छ। स्वीकृति नलिई विवाह गरेमा सामाजिक सुरक्षा, बालपोषण, विभिन्न सिफारिस काठको पुर्जीसमेत रोकिने वडाले जनाएको छ।

वडा अध्यक्ष सत्यराज तिमिल्सैनाका अनुसार वडाभित्र विवाह हुने दुलाहा वा दुलहीको जन्मदर्ताको प्रमाणपत्र वडा सदस्यलाई वा वडामा बुझाएर स्वीकृति लिएपछि मात्र विवाह गर्न पाउने छन्। बालविवाह नियन्त्रण गर्न वडा समितिमा छलफल गरेर सो निर्णय लिइएको वडा अध्यक्ष तिमिल्सैनाले बताए । सो व्यवस्थाले बालविवाहमा कमी आउने अपेक्षा वडाले राखेको छ।

Navadurga sun

डेढ वर्षको अवधिमा सो वडामा भएका १० वटा बालविवाहसमेत दुवै पक्षको समन्वयमा रद्द गरिएको वडा अध्यक्ष तिमिल्सैनाको भनाइ छ। उमेर नपुगेर विवाह गरेर आएका सात र विवाह गरेर गएका तीन जना केटीको विवाह उनका आफन्तसँगको समन्वयमा रद्द गरिएको बताइएको छ।

वडालाई नै बालमैत्री बनाउन क्रियाशील रहेकाले त्यसका सूचकका बारेमा छलफल भइरहेको भनाइ वडा अध्यक्षको छ। बलविवाह रोक्नका लागि कुइकाको वडाले गरेको निर्णयलाई जिल्लाभरि सकारात्मक भएको प्रतिक्रिया आइरहेका छन्। नेपालको कानुनी व्यवस्थाअनुसार विवाहयोग्य उमेर २० वर्ष मानिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...