Satyawati
Division ban Pahalmanpur

चुरे-४ को पनेरुगडामा बसोबास गर्दै आइरहेका बालबालिकालाई न्यानो कपडा सहयोग

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीमा पहिरोबाट विस्थापित भएका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको चुरे गाउँपालिका-४ को पनेरु गडा अव्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका विस्थापित परिवारमा आश्रीत बालबालिकालाई मंगलबार न्यानो कपडा सहयोग गरिएको हो ।

Malpot office dadeldhura

कैलालीका पत्रकार बिरेन्द्र रावलको समन्वयमा अमेरिकाको क्यालिफोर्नीयाको लसएन्जल्समा बस्दै आइरहेका कृष्ण आचार्य, कुमार खड्का, महेश आचार्य, हरिहर आचार्य, योगेन्द्र अछामी, सरोज रावत, गणेश गुरुङ र एनिसटेन तिवारीको आर्थिक सहयोगमा १०० जना बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको हो ।

पत्रकार रावलका अनुसार वहाहरुले संकलन गरेर पठाएको ८० हजार रुपैयाँ बराबरको न्यानो लुगा बालबालिकाहरुलाई प्रदान गरिएको हो । पनेरुगडा पुगेर रावलले उनी बालबालिकालाई लुगा हस्तातरण गरेका हुन् ।

चुरे गाउँपालिका-४ र ६ मा स्थायी बसोबास रहेका करीब दुई सय परिवार २०७७ सालमा पहिरोबाट विस्थापित भएपछि पनेरुगडास्थित चुरे क्षेत्रको जंगलमा बस्दै आएका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...