आगलागीबाट लाखौंको क्षति

डडेलधुरा- डडेल्धुराको अजयमेरु–१ पालि कणकमा दाना गोदाम तथा कुखुरा खोरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। डडेलधुराका पहिलो कुखुरा व्यवसायी तथा दाना सप्लायर्स काशीराम भट्टकोको ब्रदर्श पोल्टी फिड्सरपवन एग्रोभेटमा आइतबार बिहान १:३० बजे विद्युत सट भएर आगलागी हुँदा दाना गोदाम तथा कुखुरा खोर करिब ६० लाख बराबरको नोक्सान भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

करिब २० वर्षदेखि कुखुरा व्यवसाय गर्दै आएका काशीरामले जिल्लाका अन्य कुखुरा व्यवसायीलाई ब्रोइलर कुखुराको चारो, दाना, कुखुराका चल्ला, औषधि, र अन्य आवश्यक भाडासमेत बिक्री गर्थे। पीडित व्यवसायी भट्टले गत साता मात्रै गोदाममा चार सय बोरा विभिन्न क्षेणीका दानाहरू राखेको साथै खोरमा १२ सय बढी कुखुराका चल्ला रहेको जनाएका छन्। आगोले सबै नष्ट भएको पीडित भट्टले बताए।

Navadurga sun

करिब दुई वर्षअघि काठबाट निर्माण गरिएको गोदाम र कुखुरा खोरमा लागेको आगो नियन्त्रण गर्न अमरगढी नगरपपालिकाको दमकलले निभाउन सहयोग गरेको थियो। आगो नियन्त्रण गर्नमा वडाका जनप्रतिनिधी, स्थानीय, नेपाल प्रहरी, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सहयोग गरेको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...