ट्याक्टरको ठक्करबाट आमाछोराको मृत्यु

काठमाडौं- पाल्पाको बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मीना थापा रहेका छन् ।

Bhancha ghar0

तानसेन–चापपानी–दर्लमडाँडा–राम्दी सडक अन्तर्गत भित्री सडकमा बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तानसेनदेखि खानीगाउँ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले जानकारी दिए ।

मृतक आमाछोरा भएको प्रहरी उपरीक्षक शाहीले बताए । ट्याक्टरको ठक्कबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.