सुदूरपश्चिमका भूकम्प पीडितको उचित व्यवस्थापन गरियोस् : नैनसिंह महर

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पटक–पटकको भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्।

एक कार्यक्रममा नेता महरले भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको र बाचेकाहरू पनि माघको कठ्याङ्ग्रिदो जाडोमा सास्ती खेप्न बाध्य रहेकाले उनीहरूको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्ने बताएका हुन्।

Navadurga sun

‘केही महिना यता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटकको भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको थियो। कठ्याङ्ग्रिदो जाडोमा प्रभावित क्षेत्रका जनता त्रिपाल मुनी भोकभोकै बस्न बाध्य छन्। विद्यालय भवन चर्किएका र भत्किएका कारण स्कुले विद्यार्थी हिउँले ढाकिएको मैदानमा पढ्न बाध्य छन्। तर, सरकारको ध्यान पुग्न सकेको छैन,’ उनले भने।

जनताको अभिभावकका रूपमा रहेको सरकारसँग भूकम्पको क्षतिको यकिन विवरणसमेत नभएको उनको गुनासो छ। राहत र उद्धार तथा सम्भावित जोखिमसँग लड्ने पूर्वतयारी नै नदेखिएकाले सरकार जनताप्रति उत्तरदायी नदेखिएको उनले बताए।

‘मानवीयतासँग जोडिएका संवेदनशील विषयप्रति गम्भीर हुन सम्माननीय प्रधानमन्त्री, सरकारमा संलग्न राजनीतिकदल र विशेष गरी विद्यार्थी जगतमा पर्न सक्ने मानसिक असरबारे ध्यान दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदछु, उनले भने।

ADD Khali jpg
ADD Khali jpg
Loading...