स्याउलेमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढी- कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा आजदेखि सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा गौशाला निर्माण गर्ने उद्देश्यका साथ सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो । महायज्ञको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रमुख देव राज जोशी उद्घाटन गरेका छन् ।

Bhancha ghar0

महायज्ञको उद्घाटन गर्दै जोशीले गौ माताको संरक्षणका लागि आयोजना गरिएको महायज्ञमा सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले सरक्षण नहुँदा अहिले गौ माताको दुरावस्था भएको बताए । उनले आफू प्रदेश प्रमुखका रुपमा रहुन्जेल सम्म गौशाला निर्माणका लागि सुरु गरिएको अभियानमा सहयोग गर्ने बताए ।

मन्दिरको स्तरोन्ती संगै गौशाला निर्माण तथा धर्म सँस्कृती रक्षाको लागि महायज्ञ सुरु गरिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताए । महायज्ञ २२ गतेसम्म संचालन गरिने जनाएको छ । महायज्ञमा अच्युत शरण महाराजले प्रवचन गर्नेछन् ।

 

 

Leave A Reply

Your email address will not be published.