‘सुदूरपश्चिम र कर्णालीमा वर्षा’

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आइतबार अपरान्हदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

Dadeldhura hospital

आज बिहान तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको थियो। ‘पश्चिमी न्यून चापीय प्रणालीको असर पश्चिमी भेगमा पर्ने देखिन्छ। आइतबार अपरान्हदेखि सुदूरपश्चिम र कर्णालमा बदली भइ हल्का वर्षाको सम्भावना छ। आइतबार र सोमबार मौसम बिग्रिए पनि उक्त बादल क्रमशः पश्चिमबाट मध्यभेगतिर प्रवेश गर्ने भए पनि वर्षा गराउने भने देखिँदैन’, मौसमविद् अधिकारीले भने।

Navadurga sun
Godawari sandesh

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १ मा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। रासस

 

Loading...