


अछाम- अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ कालिगाडी बस्ने ललितबहादुर कुँवर भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।


कुँवरलाई एक थान भरुवा बन्दुकसहित बिहिबार दिउँसो पक्राउ गरिएको प्रहरी जनाएको छ । प्रहरी चौकी सिउडीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

