२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं- प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका हुन्। पौडेलले ​गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन्।

Navadurga sun

साथै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भ्टटराई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन्। समितिले १५ दिन भित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद पौडेलले जानकारी दिए।

नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...