अत्तरिया- कैलालीको अत्तरियामा अन्तर माबि स्तरिय भलिबल प्रतियोगिता आज हुने भएको छ । स्वस्थ्यको लागि खेलकूद रास्ट्रको लागि खेलकूद खेल खेलौ स्वस्थ रहौ भन्ने मुल नाराका साथ अत्तरिया सञ्चार नेटवर्कले प्रथम पटक आयोजना गरेको अन्तर माबि स्तरिय भलिबल प्रतियोगिता सुरु हुन लागेको हो ।


अन्तर माबि स्तरिय भलिबल प्रतियोगिता आज (शनिबार) देखि गोदावरी नगरपालिका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा बिहान १० बजे सञ्चालन हुने छ ।



अत्तरिया आसपासमा रहने खेलप्रेमी दर्शकहरुलाई कार्यक्रम अवलोकनका लागि कार्यक्रम संयोजक योगीले अनुरोध समेत गरेका छन् ।
उक्त खेलमा कैलालीको गोदावरी नगरपालिकाका बिद्यालयहरु खेलमा सहभागि हुने कार्यक्रम संयोजक नरेशनाथ योगीले बताए ।
त्यस्तै खेलमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीहरूलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराईने कार्यक्रम संयोजक योगीले बताए । साथै उक्त प्रतियोगितामा ५४ हजारको खर्च अनुमान गरिएको योगीले बताए ।





