हिउँदे अधिवेशनमा जुटे स्थानीय तह

मङ्गलसेन- अछामका स्थानीय तह हिउँदे अधिवेशनमा जुटेका छन्। विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा, काम गर्दाका समस्याका बारेमा अधिवेशनका क्रममा सामूहिक छलफल गरेर पालिकाहरू नगर तथा गाउँ सभाको तयारीमा छन्। पञ्चदेवल विनायक, कमलबजार र साँफेबगर नगरपालिकाको हिउँदे अधिवेशनको तयारीमा छन्।

यस्तै मेल्लेख, रामाारोशन, तुर्माखाँद र बान्नीगढी जयगढ गाउँपालिकाको पनि हिउँदे अधिवेशनको तयारीका जुटेका छन्। विनियोजित बजेटमा केही रकम हेरफेर र यसअघि सम्पन्न कामको समीक्षा गर्ने गरेर केही दिनमै हिउँदे अधिवेशनको तयारी रहेको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए ।

Navadurga sun

कामको समीक्षा, बजेटमा हेरफेर र केही कानुन बनाउने गरेर हिउँदे अधिवेशनको तयारीमा रहेको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीको भनाइ छ। तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बीसी गाउँ सभाको तयारीको क्रममा रहेको भन्दै नागरिकमैत्री कानुन, सेवा बनाउनेतिर आफू केन्द्रित रहेको भनाइ छ।

रामारोशन गाउँपालिकाको केन्द्रको टुङ्गो लगाउने गरेर प्रस्ताव जाने गरेर माघ १५ पछि गाउँ सभा बस्ने बताइएको छ। नौवटा कार्यविधि र कामको समीक्षा गर्नेगरी गाउँ सभाको तयारी भइरहेको वान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलको भनाइ छ। १० स्थानीय तह रहेकोमा मङ्गलसेन नगरपालिका र ढकारी गाउँपालिकाले भने यसअघि नै हिउँदे अधिवेशन सम्पन्न गरिसकेका छन्।

मङ्गलसेन नगरपालिकाले नगर सभामा ३३ वटा विधेयक र केही प्रतिवेदन पारित गरेको प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिए । यस्तै ढकारी र चौरपाटीले पनि गाउँ सभा सम्पन्न गरिसकेको छ। स्थानीय तहले एउटा वर्षे अधिवेशन गरेको छ महिनाभित्र अर्को अधिवेशन गर्नुपर्ने व्यवस्था रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...