अत्तरिया- कैलालीको गाेदावरी तिर्थ स्थल गाेदावरी धाममा महिलाहरूलाई कपडा बदल्नकाे लागि पाँच वटा टहरा जडान गरिएको छ । कैलालीको गाेदावरी नगरपालिकामा रहेको प्रतिष्ठित बिद्यालय सत्यवती एकेडेमीले उक्त टहराहरू जडान गरेको हाे ।
गोदावरी धाममा मकर मेलामा महिलाहरूलाई स्नान पश्चात् कपडा बदल्न सजिलो होस भन्ने हेतुले एकेडेमीद्वारा निर्माण गरिएकाे एकेडेमीका संचालक वीर बहादुर कडायतले बताए ।
