बैतडीमा जीप दुर्घटना

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । पुर्चौडी नगरपालिका न्वादेउबाट हाँट जाँदै गरेको सुप प्र ०४–००१ च ००६१ नम्बरको जीप वडा नम्बर ३ न्वादेउ बत्थीमा दुर्घटना हुँदा १ जना घाइते भएका हुन् । घाइते हुनेमा जीपका साहु हर्कबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिएका छन् ।

घाइतेको अवस्था मध्यम रहेको र हाँट स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले बताए । जीपमा साहु र जिप चालक मात्रै सवार थिए । जिप चालक अशोक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । जीप सडकबाट करिब सय मिटर तल खसेको बताइएको छ ।

 

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.