धनगढी १२ मा अतिविपन्न नागरिकलाई कम्बल वितरण

धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा अतिविपन्न नागरिकलाई कम्बल वितरण गरिएको छ । पछिल्लो समयमा बढ्दै गैरहेको चिसोका कारण अतिविपन्न बर्गका ब्यक्ती थप समस्यामा पर्ने भन्दै नेकपा एमालेले न्यानो कपडा कम्बल वितरण गरेको हो ।

Bhancha ghar0

नेकपा एमाले वडा नम्बर १२ का वडा कमिटी सचिव दिपेन्द्र सिंहले बुधवार एमालेले सो वडाभित्रका अति विपन्न नागरिकलाई ४० थान न्यानो कपडा कम्बल वितरण गरिएको बताए । एमाले सचिव दिपेन्द्र सिंहले आर्थिक रुपमा विपन्न परिवारलाई चिसो बढ्दै गएको अवस्थामा थोरै भएपनि राहतको महसुस हुने बताए ।

उपमहानगरपालिकाभित्र आर्थिक रुपमा विपन्न परिवारलाई वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्नुपर्ने कमिटी सचिव सिंहले आग्रह गरेका छन् । न्यानो कपडा कम्बल वितरण अति विपन्न नागरिक खुसी भएका छन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.