निवर्तमान मुख्यमन्त्री भट्टसहित मन्त्री र प्रदेश सभा सदस्यको स-सम्मान र विदाइ

धनगढी– सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री भट्टसहित मन्त्री र प्रदेश सभा सदस्यको स-सम्मान र विदाइ गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पाँच वर्षे कार्यकाल सम्पन्न गरेको अवसरमा सम्मान र विदाई गरेका हुन्।

बुधबार प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री, मन्त्रीहरू, राज्यमन्त्री र पूर्व मन्त्रीहरूलाई सम्मान र विदाई गरेका हुन् । मुख्यमन्त्रीमा नेकपा (एमाले)का राजेन्द्र रावल नियुक्त भए सँगै २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्य अवधि सकिएको हो । निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्री तथा प्रदेश सभा सदस्यहरूलाई खादा ओढाएर सम्मान गरेका थिए ।

Navadurga sun

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रदेशमा मानक निर्धारण गर्न र असल संस्कृतिको विकास गर्न सम्मान र विदाई गरिएको बताएका थिए । अनुभव र सिकाइ आदानप्रदान गर्न, प्रदेश प्रमुख र मुख्यमन्त्रीको चाहनामा सम्मान एवं विदाई समारोहको आयोजना गरिएको प्रमुख सचिव दुवाडीले बताए। आन्तरिक मामिला मन्त्री डाक्टर रणबहादुर रावलले मुख्य मन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्रीको रुपमा पाँच वर्षे कार्यकाल सफल गरेकोमा बधाई दिँदै सरकारप्रति जनताको आशा र अपेक्षा हुनु स्वाभाविक रहेको तर जनताले कति पूरा भयो भन्ने मुल्यांकन गर्नुपर्ने बताएका छन् ।

आफूले प्रमुख प्रतिपक्षी दलको नेता हुँदै मन्त्रीसम्म हुने अवसर प्राप्त भएको स्मरण गर्दै दुबै भूमिकामा जिम्मेवार भएर काम गरेको रावलले दाबी गरेका थिए । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले पूर्वाधार विकासमा काम गर्न सफल भएको बताएका छन् ।

त्यस्तै पूर्वमन्त्री प्रकाशबहादुर शाहले मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा संघीयता कार्यान्वयनको दिशामा काम भएको बताएका थिए । सम्मान तथा विदाई कार्यक्रममा पूर्वमन्त्रीहरू, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, प्रदेश सरकारका सचिवहरू प्रमुख जिल्ला अधिकारी किरण थापा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरूको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...