पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रुपैयाँ कम गरेको छ ।
निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोल १७५ रुपैयाँ, डिजेल र मट्टितेल १७२ रुपैयाँ लिटर पर्नेछ ।

यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ थियो । त्यस्तै नयाँ मूल्य अनुसार हवाई इन्धन (आन्तरिक)को भाउ लिटरको १७० रुपैयाँ भएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको भने मूल्य यथावत, १ हजार ८ सय रुपैयाँ नै छ । निगमका अनुसार आइओसी र नेपाल सरकारको गरेर अझै १८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.