
काठमाडौँ- नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।



यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।




