बैतडीमा एक वर्षमा ६२ मानव अधिकार उल्लंघनका घटना

बैतडी- बैतडीमा एक वर्षको अवधिमा ६२ मानवअधिकार उल्लंघनका घटना भएका छन् । इन्सेकले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा अभिलेखिकरण गरिएका ६२ वटा मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनाहरू भएको जनाएको छ ।

जिल्लामा संकलित ६२ ओटा घटनामध्ये घरेलु हिंसाका २२ वटा, हत्याका ६, बलात्कार र यौन दुर्व्यवहारका १७, बहु विवाहका तीन, कुटपिटका दुई, झडप तथा कुटपिटका १ घटना भएका इन्सेक बैतडीका प्रतिनिधि नरी बडुले जानकारी दिए । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।

Navadurga sun

कार्यक्रममा उपस्थित जिल्ला अदालत बैतडीका न्यायधीश जयानन्द पनेरुले इन्सेकले प्रकाशन गर्दै आएको वर्ष पुस्तकले मानव अधिकार उलंघन र ज्याजती गर्नु हुँदैन भन्ने सन्देश दिने गरेको बताए । उनका अनुसार इन्सेकले सरकारी कार्यालयको तथ्यांकमा उल्लेख भए बाहेकका घटना वर्ष पुस्तकमा समावेस गर्दा अझै प्रभावकारी हुन्छ । उनले भने, ‘सरकारी कार्यालयका तथ्यांक भन्दा पनि आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका घटनालाई वर्ष पुस्तकमा समावेश गर्नु राम्रो हुन्छ ।’

नेपाल बार एसोसिएसन बैतडीका अध्यक्ष अधिवक्ता हरी भट्टले पनि इन्सेकले अनौपचारिक रुपमा सरकारी डाटा भन्दा पनि ग्रामिण क्षेत्रको समस्यालाई उठाउनुपर्ने बताए ।

द्वन्द्वकालका इन्सेकको महत्वपूर्ण भुमिका स्मरण गराउँदै अधिकारकर्मी कर्ण दयालले इन्सेक पछिल्लो समय आफ्नो अध्ययनभन्दा पनि सरकारी तथ्यांकमामात्रै केन्द्रित भएको बताए । उनले भने, ‘इन्सेक द्वन्द्वकालको जस्तै सक्रिय र प्रभावकारी मानव अधिकारवादी संस्था हुनुपर्‍यो ।’ कार्यक्रममा उपस्थित नागरिक समाजका प्रतिनिधि, अधिकारकर्मी, पत्रकार एवं अन्य सरोकारवालाहरूले पनि इन्सेकले ग्रामीण क्षेत्रको समस्या र विषेश गरी मौलिक हकको कार्यान्वयनको अवस्थामा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...