

अत्तरिया- कञ्चनपुरको कृष्णपुर वाड नं.२ मा रहेको गौशाला युवा समाजसेवी एवं ईन्जिनियर प्रकाश रावलले आर्थिक सहयोग गरेका छन् ।



जय महाकाल युवा समूह कञ्चनपुर जिल्ला कमिटी कृष्णपुर वडा नं. २ मा गौरक्षा, छाडा चौपाया व्यवस्थापन, गौशाला, गौ आश्रम सहयोगार्थ युवा समाजसेवी एवं ईन्जिनियर रावलले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।


आउँदा दिनहरुमा समेत उक्त गौशालालाई समाजिक कार्य प्रोत्साहन निमित्त ईन्जिनियरिङ क्षेत्रबाट आवश्यक पर्ने डिजाइन, नक्सा, थ्रिडी आर्ट प्रपोजल, ईस्टमेट जस्ता कार्यमा सहयोग समेत प्रदान गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘हाम्रो वडामा यस्तो किमिको समाजिक कार्य गर्दै आएका समूहलाई विशेष धन्यवाद र व्यक्तिगत रुपमा एकदमै खुशी छु ।’ आफूहरुबाट हुनसक्ने सम्पुर्ण साथ, सहयोग, सल्लाहका लागि पछि नहट्ने समेत प्रतिबद्धता व्यक्त गरे ।