उदय माबि बंकको ४२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक स्थित उदय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ । सोमवार विद्यालयमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन साउँदको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य महेशदत्त जोशी रहनु भएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य महेशदत्त जोशीले आफु सांसद भएको समयमा यस क्षेत्र लगायत विद्यालयको विकासका लागि उल्लेख्य कार्य गरेको बताउँदै सधै जनताको सेवामा लागि रहने बताए ।आफूले विद्यालयको निम्ति विगतको दिनहरुमा जिम्मेवार काम गरेको र आगामी दिनमा पनि जिम्मेवार रहिरहने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको शैक्षिक स्तरलाई थप परिस्कृत गरेर माथि लैजान सम्बन्धीत निकायसंग पहल गर्ने जोशीले बताए ।

आफु सांसद भएको समयमा यस विद्यालयमा २० लाखको आइसिटि कार्यक्रम सञ्चालन गरिएको बताए । जोशीले खुला आकाशमुनी पठनपाठन सुरु भएकोमा अहिले राम्रो तरिकाले पठनपाठन भइरहेकोमा खुसी व्यक्त गरेका छन् ।

निवर्तमान सांसद जोशीले विद्यालयलाई प्राविधिक क्षेत्रबाट पनि अघि बढाउन आवश्यक रहेको बताए । शैक्षिक क्षेत्रको सुधारको लागि विद्यालय प्रशासन, विद्यार्थी र अभिभावको उत्तिकै जिम्मेवारी रहेको उनले बताए । विद्यालयले छिट्टै नै प्राविधिक शिक्षा सञ्चालन गर्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो । शैक्षिक गुणस्तर प्रदान गर्न आफुले सक्दो सहयोग गर्ने जोशीले बताए।

कृष्णपुर नगरपालिकाका श्रोत व्यक्ति गणेश बहादुर चन्दले मावि तहमा नगरपालिकाले दरबन्दी मिलान गरिसकेको बताउँदै आगामी चैत्र भित्र नै आधारभूत तहमा पनि दरबन्दी मिलान कार्य हुने बताए । उनले समयको सदुपयोग गर्नुपर्ने बताउँदै शैक्षिक गुणस्तरमा वृद्धि गर्न सबैले आआफ्नो तरिकाबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

Dadeldhura hospital

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले आफु यसै विद्यालयमा अध्ययन गरेर यहाँसम्म आइपुगेको बताउँदै आफ्नो कार्यकालमा विद्यालयमा भौतिक संरचना लगायत शिक्षामा उल्लेख्य प्रतगि भएको बताए ।

उनले उदय माविलाई नमुना विद्यालयका रुपमा स्थापित गराउने गरी आफु अघि बढ्ने समेत बताए । उनले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

शिक्षक, विद्यार्थी र अभिभावहरु बिचको त्रिकोणात्मक सम्बन्धको व्याख्या गर्दै अध्यक्ष साउँदले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्विमा शिक्षक, विद्यार्थी, व्यवस्थापन पक्ष र अभिभावक लगायत समग्र पक्षको जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अधिकांश वक्तहरुले सामुदयिक विद्यालयहरुमा न्यून विद्यार्थी संख्याको समस्या रहेको तीतो यथार्थ बताउँदै सामुदायिक विद्यालयको शैक्षिक विकासमा स्थानीय तहको साथै विभिन्न सरोकारवाला पक्षहरुको चिन्ता, चासो, सहयोग र समन्वय आवश्यक रहेको औंल्याएका थिए । साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउँदले विद्यालयको उन्नति प्रगतिमा सबैको साथको अपेक्षा रहेको बताउँदै विद्यालयलाई यहाँ सम्म ल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।

उनले शिक्षानै पहिलो जनशक्ति उत्पादन गर्ने थलो भएकाले शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयको उन्नति र प्रगतिको लागि वडा तथा नगरपालिकाबाट सक्दो पहल गर्ने जानकारी समेत गराए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बम्मन रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रगति विवरण सुनाउनु भएको थियो । उनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार विद्यालयमा हाल ५ सय ५४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रधानाध्यापक रानाले आगामी वर्षदेखी अंग्रेजी माध्यममा पठनपाठन गर्ने योजना रहेको बताउँदै विषयगत शिक्षक दरबन्दीकोे अभाव लगायतका समस्या विद्यालयमा देखिएको बताएका थिए ।

वार्षिकोत्सव कार्यक्रमको मुख्य आकर्षणको रुपमा सांस्कृतिक कार्यक्रम र वार्षिक पुरस्कार वितरण रहेका थिए । कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभाहरू प्रदर्शन गर्नुका साथै विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले बिचबिचमा रमाईलो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भूतपूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा २०७८ सालको एसईईमा उत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।

विद्यालयका शिक्षक भवराज निरौलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक हर्क सिंह धामीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधि अभिभावक, विद्यार्थी लगायतको उल्लेख्य सहभागित रहेको थियो ।

Loading...