
काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।



यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ।




