अस्पतालबाट लडेर एकको मृत्यु

Dadeldhura hospital

स्याङ्जा- फेदिखोला गाउँपालिका ४ सर्केटारीमा निर्माणाधीन अस्पतालबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निर्माणाधीन अस्पतालमा काम गर्ने दाङ घर भएका ४८ वर्षीय लालबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कुमालको सोही अस्पतालको दुई तलामाथिबाट लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Loading...