नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दै

काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन्। संघीय संसद् सचिवालयका अनुसार नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

निर्वाचन आयोगले दिएको सांसदहरूको सूचीमा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख भए पनि उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो। सचिवालयले राष्ट्रपतिलाई बुझाएको नामको आधारमा बुधबार राणाले शपथ लिएका हुन्।

Navadurga sun

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने उनले बताए। शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ। शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...