कमलबजारमा खानेपानी न्यून

अछाम- कमलबजार नगरपालिकाका ४७ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेका छन्। नगरपालिकाका ५३ प्रतिशत जनसङ्ख्या मात्रै खानेपानीको सहज पहुँचमा भएको कर्णाली जल परियोजनाका विष्णु पोखरेलको भनाइ छ।

सुदूरपश्चिमका स्थानीय तहमध्येमा सबैभन्दा कम कमलबजार नगरपालिकामा खानेपानीको पहुँच भएको बताइएको छ। खानेपानी अभावका बारेमा तथ्याङ्क सङ्कलन, विश्लेषण र योजना निर्माण गरेर काम गर्नुपर्नेमा सरोकारवालाको भनाइ छ।

Navadurga sun

सबै नागरिकलाई खानेपानीको पहुँचमा पुयाउनका लागि आफ्नो नगरपालिका नीति नै बनाएर अघि बढ्ने नगरका कार्यवाहक प्रमुख शारदा विष्ट (कुँवर)को भनाइ छ। खानेपानी मानव जीवनसँग प्रत्यक्ष जोडिने भएकाले सबै नागरिकलाई सहज रूपमा पानी पिलाउने गरेर आफूले काम गर्ने भनाइ विष्टको छ।

दस वडा रहेका कमलबजार नगरपालिकाका खानेपानीको अभावमा स्थानीयलाई सास्ती भएको छ। खानेपानी लिन टाढा जानुपर्ने र सफा पानीको अभावले सरसफाइमा कमी भएको स्थानीय हिक्मत नेपालीको भनाइ छ। टाढाको पानी ल्याउन जाँदा केटाकेटीको स्कुल समयमा समेत ढिलो हुने गरेको स्थानीयको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...