सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौँ- छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला छ सयले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार दुई थियो।

Navadurga sun

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको महासंघले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...