सुन प्रतितोला ४ सय रुपैयाँ महँगो

काठमाडौँ- सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

योसँगै बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार ७ सय र तेजाबी सुन ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार दुवै सुन क्रमशः प्रतितोला ९९ हजार ३ सय र ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Navadurga sun
Godawari sandesh

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोला दरमा वृद्धि भएको छ। आज चाँदी एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Couple
Loading...