जीप दुर्घटना अपडेट: मृतक पाँचै जनाको सनाखत

काठमाडौं– शनिबार बिहान इटहरीबाट जन्ती लिएर धनुषातर्फ जाँदै गरेको जीप दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा मृत्यु हुने पाँचै जनाको परिचय खुलेको हो।

प्रहरी प्रमुख बसन्त रजौरेका अनुसार धनुषाकी २९ वर्षीय रुवी साह, महत्तरीका १७ वर्षीया मञ्जु साह, १३ वर्षीया सिर्जना साह, विंगर चालक धनुषाका २५ वर्षीय अब्दुल मंसुर र ११ वर्षीय बालक एस कुमारको मृत्यु भएको हो।

Navadurga sun

बा१ज ८२९३ नम्बरको जीप महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट ल्याएर फर्किंदै गर्दा शनिबार बिहान ४:३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...