मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम- मधेस प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विवाहपञ्चमीको मुख्य दिन सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्।

त्रेतायुगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।सात दिवसीय विवाहपञ्चमी महोत्सवअन्तर्गत आज प्रमुख दिन स्वयंवर एवं रातिमा वैवाहिक कार्यक्रम रहको छ। मंगलबार रामकलेवा भएपछि विवाहपञ्चमी महोत्सवको समापन हुनेछ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...