कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचितलाई प्रमाणपत्र वितरण

अत्तरिया- कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४ ले प्रमाणपत्र वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच निर्वाचन अधिकृत इन्द्र बहादुर कठायतले प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका वीर बहादुर बलायर, प्रदेश सभा (१) मा निर्वाचित नेकपा एकीकृृत समाजवादीका दीर्घ बहादुर सोडारी र प्रदेश सभा (२) मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रमाणपत्र ग्रहण पछि बोल्दै प्रतिनिधि सभामा निर्वाचित बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पुणर् निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, सुरक्षाकर्मी लगायत सम्पुणर्लाई धन्यावाद ज्ञापन गर्नुका साथै उनले आफूलाई निर्वाचित गराउने जनतालाई समेत धन्यावाद ज्ञापन गरेका छन ।

Dadeldhura hospital

उनले आफूले निर्वाचनका समयमा बोलेका प्रतिवद्धता दिलोज्यान दिएर पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूलाई मत दिने र नदिने बसै प्रति समान व्यवहार गरी अगाडी बढ्ने बताए ।

बलायरले मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टलाई ३ हजार ६०७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । कुल खसेको ६४ हजार १५८ मत मध्ये बलायरले २६ हजार २२० मत पाएका थिए भने भट्टले २२ हजार ६१३ मत पाउन सकेका थिए ।

प्रदेश सभा (१) मा सोडारी १३ हजार ४८९ मत ल्याएर विजयी भएका थिए उनले प्रतिस्पर्धी एमालेका भीम देउवा भन्दा ४ हजार ५६ बढी मत पाएका थिए । देउवाले ९ हजार ४२३ मत ल्याएका थिए ।

प्रदेश सभा (२) मा बम प्रतिस्पर्धी एमाले उम्मेदवार हरी सिह साउँदलाई ५१६ मतान्तरले पराजित गर्दै विजय भएका थिए । बमले १२ हजार ४ सय ७३ मत ल्याएका छन भने एमालेका उम्मेदवार साउँदले ११ हजार ९ सय ५७ मत ल्याएका थिए ।

Loading...