बझाङ्गमा यार्सा संकलन क्षेत्रमा फोहोर व्यवस्थापन अभियान

बझाङ्ग, ५ जेठ- बझाङ्गमा साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

Dadeldhura hospital

गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझा लगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर विसर्जन गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीका नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा अस्थायी शौचालय पनि निर्माण गरेको छ । संकलन क्षेत्रमा फोहोरका कारण यार्सा उत्पादन दिनप्रतिदिन घट्दै गएको यार्सा संकलक ज्योति फडेराले बताए । (रासस)

Loading...