जीप दुर्घटना हुँदा ६ घाइते

बैतडी- बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३७९ नम्बरको जीप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर जीप चालक बैतडीको डिलाशैनी गापा-७ बस्ने २२ वर्षीय महेशराज जोशी, सोही गापाका ७० वर्षीय नारायणदत्त जोशी, ५४ वर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नपा- ४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ वर्षीय मदनराज जोशी र ६ वर्षीय कपिलराज जोशी रहेका छन्।

Navadurga sun

जिप सडकबाट १०० मिटर तल खसेको छ। घाइतेलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्‍याइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। दुर्घटनाका कारण खुल्न सकेको छैन।

ADD Khali jpg
ADD Khali jpg
Loading...