काठमाडौँ- नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो।



यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा आइपुगेको छ।


बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।





