बढ्यो सुन र चाँदीको भाउ

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुन र चादीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९२ हजार ९ सय रुपैयाँ पुगेको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ।

 

Leave A Reply

Your email address will not be published.