धनगढीका मेयर हमालले असहाय बालबालिकालाई कपडा बाँड्नमा खर्च गरे ३ महिनाको सुविधा

धनगढी- कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ३ महिनाको सेवा सुविधा बापत पाएको रकम सामाजिक कार्यमा लगाएका छन् । उनले साउन, भदौ, असोज र पर्व खर्च बापत पाएको २ लाख ६७ हजार ८ सय समाज सेवामा समर्पित गरेका हुन् ।

उनले दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनि दिएका छन् । मेयर हमालले आइतबार दृष्टि फाउन्डेसनमा आश्रित ५५ जना, मानव सेवा आश्रममा आश्रित ५६ जना, आमाको माया छात्राबास तारानगरमा आश्रित ३० जना र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित ५ जनालाई पोशाक वितरण गरेको जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई दसैंपछि पोशाक वितरण गरिने उनले बताए । विद्यालयहरूमा विजया दशमी बिदाका कारणले दसैंपछि पोशाक वितरण गरिने भएको हो ।

Dadeldhura hospital

उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवासुविधा नलिने घोषणा गरेअनुरुप नै बाचा पुरा गरेको जनाए। मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरि २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिएका छन् ।

यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए । उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधा बाफतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए ।

त्यस्तै जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए ।

उनले चुनावअघि धनगढी उपमहानगरपालिकाबाट कुनै सेवासुविधा नलिने प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धताअनुसार आगामी ५ वर्षसम्म हरेक महिना उपमहानगरबाट पाउने सुविधा आफूले नलिइ समाजसेवामा लगाउने मेयर हमालले बताएका छन् । मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेका छन् ।

Loading...